Kathmandu Press

नेपाल भाषाका ६ स्रष्टालाई पुरस्कारको घोषणा

काठमाडाैं, जेठ ५ : नेपाल भाषा परिषद्ले नेपाल भाषा र साहित्यको श्रीवृद्धिमा विगत साढे चार दशकदेखि योगदान गर्दै आएका छ जना स्रष्टालाई सम्मान...
नेपाल भाषाका ६ स्रष्टालाई पुरस्कारको घोषणा
Hardik ivf

काठमाडाैं, जेठ ५ : नेपाल भाषा परिषद्ले नेपाल भाषा र साहित्यको श्रीवृद्धिमा विगत साढे चार दशकदेखि योगदान गर्दै आएका छ जना स्रष्टालाई सम्मान र पुरस्कार दिने निर्णय गरेको छ।
 
कवि केशरी चित्तधर हृदयको ११६ औँ जन्म जयन्तीको उपलक्ष्यमा परिषद्को कार्यसमिति बैठकले भाषा थुवाको उपाधि कवि नवीन चित्रकारलाई दिने निर्णय गरेको हो। त्यसैगरी, चित्तधर सिरपाः कवि डा. आनन्द जोशी, मोतिलक्ष्मी सिरपाः कथाकार सरस्वती तुलाधरलाई, केशवलाल सिरपाः कथाकार तथा उपन्यासकार केदार सितुलाई, ठाकुरलाल सिरपाः नियात्राकार विमल प्रभा बज्राचार्यलाई र पूर्णहीरा सिरपाः समालोचक कुन्दन प्रसाद श्रेष्ठलाई प्रदान गरिने छ।

परिषद्ले जेठ १३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गरी सम्मान र पुरस्कार प्रदान गर्दैछ।

प्रकाशित मिति: १९:३७ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्