सरकारको नेतृत्व फेर्ने कुनै सहमति भएको छैन : पोखरेल
विराटनगर, कात्तिक ८ : रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको बत....

विराटनगर, कात्तिक ८ : रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको बताएका छन्।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दुुवै अध्यक्षबीच पार्टी एकीकरणका वेला त्यस्तो कुनै सहमति नभएको दाबी गरे। ‘पार्टी एकीकरणका वेला दुवै अध्यक्षबीच सरकारको नेतृत्व फेर्ने कुनै सहमति भएको छै,’ पोखरेलले भने।
उनले मिडियामा आएजस्तो दुवै अध्यक्षबीच कुनै मनमुटाव नभएको पनि जिकिर गरे। दुवै अध्यक्षबीच दैनिक भेटघाट र पार्टीका विषयमा छलफल भइरहेको उनको भनाइ थियो।
दुुवै पार्टी अलग–अलग पृष्ठभूमिबाट आएका हुुनाले पार्टीभित्र छलफल र बहस हुुनुु सामान्य कुुरा भएको उनले बताए। ‘अखबारमा आएका दुुई अध्यक्षबीच विवादसम्बन्धी समाचारमा सत्यता छैन,’ उनले भने।
एक अर्को प्रश्नको जवाफमा रक्षामन्त्री पोखरेलले विप्लवको पार्टीले राखेको शर्तको आधारमा वार्ता हुुन नसक्ने बताए।











