Kathmandu Press

विप्लवका जिल्ला सेक्रेटरी रिहा भएलगत्तै पुनः पक्राउ

तनहुँ, कात्तिक ८ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरीसहित तीन जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा न....

विप्लवका जिल्ला सेक्रेटरी रिहा भएलगत्तै पुनः पक्राउ
फाइल फोटो

तनहुँ, कात्तिक ८ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरीसहित तीन जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा नेकपाको स्याङ्जा जिल्ला सेक्रेटरी गोकुल पराजुली, जिल्ला सदस्यद्वय सागर अर्याल र जीवन क्षेत्री रहेका छन्। जिल्ला प्रशासन कार्यालय, तनहुँको आदेशमा धरौटी बुझाएर रिहा भएलगत्तै उनीहरुलाई प्रहरीले प्रशासन कार्यालयको परिसरबाट पुनः पक्राउ गरेको हो। प्रशासन कार्यालयले उनीहरुलाई जनही एक हजार धरौटी बुझाएर तारेखमा रिहा गर्ने आदेश दिएको थियो।

उनीहरुको विरुद्धमा जिल्ला प्रहरी कार्यालय, लमजुङमा अर्को मुद्दा भएका कारण प्रहरी कार्यालय लमजुङको पत्राचारअनुसार पुनः पक्राउ गरी लमजुङ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले बताए।

अभद्र व्यवहारको मुद्दामा उनीहरु गत असोज १५ गतेदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका थिए। यसअघि उनीहरुलाई असोज १५ गते जिल्ला प्रशासन कार्यालय कास्कीको आदेशमा रिहा भएलगत्तै पुनः पक्राउ गरी तनहुँ ल्याइएको थियो।

प्रकाशित मिति: ११:५४ बजे, शुक्रबार, कात्तिक ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्