Kathmandu Press

डा.केसीले कात्तिक १८ गतेदेखि सत्याग्रह गर्ने घाेषणा

काठमाडौं, कात्तिक ८ : चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका प्रा.डा. गोविन्द केसी कात्तिक १८ देखि सत्याग्रह सुरू गर्ने भएका छन्।

उनले कात्त....

डा.केसीले कात्तिक १८ गतेदेखि सत्याग्रह गर्ने घाेषणा

काठमाडौं, कात्तिक ८ : चिकित्सा शिक्षा सुधारको माग गर्दै आएका प्रा.डा. गोविन्द केसी कात्तिक १८ देखि सत्याग्रह सुरू गर्ने भएका छन्।

उनले कात्तिक ८ गते सरकारलाई अल्टिमेटम दिएर आफ्ना माग पूरा नभए सत्याग्रहमा बस्ने चेतावनी दिएका थिए। उनले कात्तिक १३ गतेदेखि सत्याग्रहमा बस्ने बताएका थिए।

तिहार र छठ पर्वले गर्दा सरकारलाई थप पाँच दिन माग पूरा गर्न अल्टिमेटम दिएका छन्। शुक्रबार प्रेस विज्ञप्ति जारी गरी माग पूरा नभए कात्तिक १८ गतेदेखि सत्यागह्रमा बस्ने बताएका छन्।

त्यस्तै, वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा अवैध रुपमा असुलिएको शुल्क फिर्ता गर्न माग राख्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रेका विद्यार्थीलाई कलेज प्रशासनले आक्रमण गरेको घटनाको पनि उनले विरोध गरेका छन्। उनले विज्ञप्तिमा भनेका छन्, ‘जायज माग पूरा गराउनका लागि आन्दोलनरत मेडिकल विद्यार्थीहरुमाथि मेडिकल माफियाले गराएको यस्तो सांघातिक हमलाको हामी घोर भत्र्सना गर्दर्छौं।’

सरकारले मेडिकल कलेज संचालकलाई अवैध रुपमा उठाएको शुल्क फिर्ता गर्न समय दिएको थियो। समयसीमाभित्र शुल्क फिर्ता नगर्ने मेडिकल संचालकलाई फौजदारी कसुरअन्तर्गत मुद्दा दर्ता गर्न पनि प्राडा केसीले माग गरेका छन्।

प्राडा.केसीले हालै त्रिवि शिक्षण अस्पतालबाट अवकास लिएका छन्। अवकास लिएपछि पनि उनी चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत छन्। यस अघि उनी १६ पटक सत्याग्रहमा बसिसकेका छन्। ति सत्याग्रहका क्रममा सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न उनले माग गरेका हुन्।

प्रकाशित मिति: ११:०४ बजे, शुक्रबार, कात्तिक ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्