गायिका अस्मिता अधिकारीलाई ‘छिन्नलता पुरस्कार’
काठमाडाैं, जेठ ४ : गायिका अस्मिता अधिकारीलाई ‘छिन्नलता पुरस्कार’ प्रदान गरिने भएको छ।सो पुरस्कार आफूलाई प्रदान गर्न लागिएको बारे उनले आफ्नो आधिकारिक...
काठमाडाैं, जेठ ४ : गायिका अस्मिता अधिकारीलाई ‘छिन्नलता पुरस्कार’ प्रदान गरिने भएको छ।
सो पुरस्कार आफूलाई प्रदान गर्न लागिएको बारे उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेकी हुन्।
नेपाली संगीत क्षेत्रको सम्मानीय पुरस्कारबाट पुरस्कृत हुँदा उनले खुसी व्यक्त गरेकी छन्। उक्त सम्मानले अझ प्रेरित गरेकोसमेत उनले आफ्नो पोस्टमा उल्लेख गरेकी छन्।
‘छिन्नलता पुरस्कार ! ओहो! छिन्नलता पुरस्कारमार्फत सम्मानित हुन लागेको थाहा पाउँदा एकछिन त कस्तो अवाक् नै भएँ! नेपाल संगीत जगतको यति ठूलो सम्मान मेरा लागि गीत संगीत क्षेत्रमा अझै अगाडि बढ्न ठुलो प्रेरणा हुनेछ! यो खुसीका अवसरमा आजसम्मको यात्रामा साथ सहयोग दिने हजुरहरू सम्पूर्णमा मनैदेखि आभार प्रकट गर्न चाहन्छु, धन्य छु, कृतज्ञ छु।’
नेपाल आइडल सिजन–२ की फाइनलिस्टसमेत रहेकी अस्मिता अधिकारीका ‘साली मन पर्यो’, ‘तिम्रो मायाले बाँधेर राख’, ‘रुमालै चिनो’, ‘टाढा भए पनि’ लगायतका गीत चर्चित छन्।
छिन्नलता गीत पुरस्कार गुठीले यसपालि २०७६ यता तीन वर्षकै पुरस्कार घोषणा गरेको हो। गुठीले २०७६ सालमा गीत रचनातर्फ जसयोञ्जन प्यासी, २०७७ सालमा आनन्द अधिकारी, २०७८ सालमा वसन्त चौधरीलाई उक्त पुरस्कार प्रदान गर्ने भएको छ।
त्यसरी नै संगीत, गायनतिर हरि लम्साल, सुनिता सुब्बा, अस्मिता अधिकारी, शान्तिराम राई, शम्भू राई, मिलन नेवार, आनन्द राई, पवित्र सुब्बा, एलिना चौहानलाई उक्त पुरस्कार प्रदान गरिनेछ।
पत्रअनुसार २०७९ साल असार २६ गते विशेष समारोहबीच आयोजना गरिने कार्यक्रममा उपरोक्त सम्मान तथा पुरस्कार अर्पणका साथै वरिष्ठ सङ्गीतकार कर्म योञ्जनलाई विशेष सम्मान पनि गरिनेछ।








-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)


![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1786623521.jpg)