Kathmandu Press

मित्र राष्ट्रसँग सुमधुर सम्बन्ध बनाउनुपर्छ : खनाल

इमाल, कात्तिक ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले मित्र राष्ट्रसँग मिलेर अघि बढ्नुपर्ने बताएका छन्।

बिहीबार ....

मित्र राष्ट्रसँग सुमधुर सम्बन्ध बनाउनुपर्छ : खनाल
फाइल

इमाल, कात्तिक ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले मित्र राष्ट्रसँग मिलेर अघि बढ्नुपर्ने बताएका छन्।

बिहीबार सूर्योदय नगरपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकसँग अझै सुमधुर सम्बन्ध बनाउँदै जानुपर्ने बताएका हुन्।

नेपाल भ्रमण वर्ष मनाउन इलामको पर्यटकीय क्षेत्र जानका लागि सूर्योदय आइपुगेका खनालले जिल्लाको पर्यटकीय विकास गर्नका लागि पनि स्थानीय वस्तुको प्रवद्र्धन गर्नुपर्ने बताए।

उनले इलामको चिया, अदुवालगायतका कृषिजन्य वस्तुको प्रचार गरेर आर्थिक आम्दानी बढाउनुपर्ने बताए। 
 
प्रकाशित मिति: १८:४३ बजे, बिहीबार, कात्तिक ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्