Kathmandu Press

महरालाई थप सात दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं, कात्तिक ७ :  काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राख्न अनुमति दिएको छ। 

न्यायाधीश ....

महरालाई थप सात दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं, कात्तिक ७ :  काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राख्न अनुमति दिएको छ। 

न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। अपराध अनुसन्धान महाशाखाले थप अनुसन्धान गर्नु पर्ने भएको भन्दै महरालाई पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो।

संसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपमा महरा गत असोज १९ गते साँझ सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परेका थिए। 

महरामाथि अनुसन्धानका लागि अदालतबाट यसअघि पहिलो पटक १३ र दोस्रो पटक पाँच दिन म्याद थप गरिएको थियो।

पूर्वसभामुख महरा यौन दुर्व्यवहारको आरोपमा १८ दिनदेखि प्रहरी हिरासतमा छन्। तर, गम्भीर बिरामी भएको भन्दै उनलाई असोज २३ गतेदेखि नर्भिक अस्पतालमा राखिएको छ।

प्रहरीले अभियुक्तलाई २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। त्यसपछि सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गरिनेछ।
 

प्रकाशित मिति: १७:४६ बजे, बिहीबार, कात्तिक ७, २०७६