Kathmandu Press

विप्लवले हिंसा छोडेर शान्ति रोज्यौं भन्नासाथ खेल खत्तम : सरकारका प्रवक्ता

काठमाडौं, कात्तिक ७ : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल ....

विप्लवले हिंसा छोडेर शान्ति रोज्यौं भन्नासाथ खेल खत्तम : सरकारका प्रवक्ता
फाइल

काठमाडौं, कात्तिक ७ : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले हिंसा छोडेर शान्ति रोज्यौं भन्नासाथ खेल खत्तम हुने बताएका छन्। 

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले सरकार छदमभेषी कुराको पछि सरकार नलाग्ने स्पष्ट पारे।

‘सरकार छदमभेषी कुराका पछि लाग्दैन। विप्लवजीलाई स्पष्ट सन्देश यही हो। जाँतो घुम्या चक्कर जस्तो त्यही प्रतिबन्ध हटाऊ, पक्राउ परेकालाई रिहाइ गर भन्ने कुरा हुँदैन,’ उनले भने,‘हामी भन्छौं-संविधान मान, हिंसा छोड। कुरै खत्तम, खेल खत्तम।’

प्रवक्ता बाँस्कोटाले प्रतिबन्ध हटाएपछि वार्ता गर्न सकिन्छ भन्ने विप्लव समूहको वक्तव्यको केही काम नभएको बताए। उनले संविधानले दिएका राजनीतिक, आर्थिक, सामाजिक अधिकारहरुको फ्रेमवर्कभित्र आएर शान्तिपूर्ण ढंगले गतिविधि गर्छौं र हिंसा छोड्छौं भनेपछि खेल सकिने बताए।

‘हिंसा छोडेर शान्ति रोज्यौं र संविधान मान्यौ भनेपछि न प्रतिबन्ध लगाउनु पर्छ, न पक्राउ गर्न पर्छ, न रिहा नै गर्नु पर्यो,’ उनले भने।

उनले समग्रमा विप्लव समूहले नेपालको अहितका निम्ति कदम चालिरहेको आरोप लगाए। हत्या र हिंसा नेपाली समाजका लागि अब अस्वीकार्य नहुने उनको भनाइ छ।

‘हिंसाका निम्ति कहीँ स्थान छैन। त्यो कुरा विप्लपजीले बुझ्नु पर्छ,’ बाँस्कोटाले भने।
 

प्रकाशित मिति: १७:१७ बजे, बिहीबार, कात्तिक ७, २०७६