नेपालको अदालत सरकारसँग डराएको छ : गगन थापा
काठमाडौं, कात्तिक ७ : नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले वर्तमान सरकार संविधानको क्षेत्राधिकारभन्दा बाहिर गएर हरेक निकायलाई नियन्त्रण गर....
काठमाडौं, कात्तिक ७ : नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले वर्तमान सरकार संविधानको क्षेत्राधिकारभन्दा बाहिर गएर हरेक निकायलाई नियन्त्रण गर्न उद्धत रहेको आरोप लगाएका छन्।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थापाले सरकार संविधानले दिएको क्षेत्राधिकारभन्दा बाहिर गएर सेना प्रहरी, अड्डा अदालतमाथि विस्तारै नियन्त्रण गर्न तर्फ उद्धत रहेको आरोप लगाएका हुन्।
उनले नेपालको अदालत सरकारसँग डराएको आरोप लगाए। थापाले नेपालको संसदलाई वर्तमान सरकारले आफ्नो छायाँ बनाएको बताए।
‘सरकार यही रुपमा अर्को निर्वाचनसम्म अघि बढ्यो भने के होला कल्पना गरौं,’ उनले भने,‘ नागरिकसँग बाँकी रहेको अधिकारलाई पनि संसदभित्र रहेको आफ्नो बहुमतको प्रयोग गरेर एक पछि अर्को कानून बनाएर त्यो अधिकार रोक्दै छ।’
उनले नेपाललाई कम्बोडिया बनाउन खोजिएको आरोप लगाए।
‘कम्बोडियामा विपक्षी दलका नेता विदेश गएका बेला भ्रष्टाचारको आरोप लगाएर स्वदेश फर्किन दिइएन। पछि पार्टीको निर्वाचनबाट अध्यक्ष चुनिएका नेतालाई राजद्रोहको मुद्दा लगाइर पार्टीलाई नै चुनावमा भाग लिन प्रतिबन्ध लगाइयो। यो सरकारले नेपालमा यस्तै गर्न खोजेको छ,’ थापाले भने।






