झापामा लिफ्टले थिचेर एक मजदूरको मृत्यु
दमक, कात्तिक ७ : लिफ्टले थिचेर झापाको दमकमा एक मजदूरको मृत्यु भएको छ।
बिहीबार बिहान दमक–६ स्थित डिम्याक्स कम्प्लेक्सको निर्माणाध....

दमक, कात्तिक ७ : लिफ्टले थिचेर झापाको दमकमा एक मजदूरको मृत्यु भएको छ।
बिहीबार बिहान दमक–६ स्थित डिम्याक्स कम्प्लेक्सको निर्माणाधीन भवनको लिफ्टले थिचेर पाँचथरको साविक शिवा– ८ घर भई हाल दमक– ८ मा बस्दै आएका ३० वर्षीय सन्तोष मगरको मृत्यु भएको हो।
लिफ्टमर्मत गर्ने क्रममा लिफ्ट अकस्मात चलेपछि ग्रिलको काम गरिरहेका मगरलाई लिफ्टले थिचेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
गम्भीर घाइते भएका मगरको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयकुमार पण्डितले जानकारी दिए।
प्रकाशित मिति: १५:३४ बजे, बिहीबार, कात्तिक ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











