Kathmandu Press

चितवन राइनोजलाई डब्लूसीएलको उपाधि

काठमाडौं, कात्तिक ७ : वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल)को उपाधि चितवन राइनोजले जितेको छ।

बिहीबार भएको फाइनल खेलमा क्याट क्वीन्स काठमाडौँला....

चितवन राइनोजलाई डब्लूसीएलको उपाधि

काठमाडौं, कात्तिक ७ : वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल)को उपाधि चितवन राइनोजले जितेको छ।

बिहीबार भएको फाइनल खेलमा क्याट क्वीन्स काठमाडौँलाई ४५ रनले पराजित गरेको हो। उपाधिसँगै चितवनले सात लाख रुपैयाँ पुरस्कार जितेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल खेलमा टस जितेर चितवन राइनोजले पहिले ब्याटिङ गरेको थियो। चितवनले चार विकेट गुमाउँदै ११२ रन बनाएको थियो।

प्रतिउत्तरमा क्याट क्वीन्स ६७ रनमै समेटिएको हो। सुरुआतदेखि नै विकेट गुमाउन थालेको क्याट क्वीन्सले २० ओभरमा सबै विकेट गुमायो। उसका लागि अस्परी बेगम १५ र ईश्वरी बिष्टले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

चितवनका लागि सुमन खतिवडा र ऋतु कनौजियाले तीन/तीन तथा रेखा रावलले दुई विकेट लिइन्।

यसअघि चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रनको योगदान दिइन् भने कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहेकी थिइन्।

त्यस्तै काजल श्रेष्ठले २१ तथा कञ्चन श्रेष्ठले १९ रन जोडेकी थिइन्। काठमाडौँकी सङ्गीता राई, लक्ष्मी साउद र सरस्वती चौधरीले एक/एक विकेट लिएकी थिइन्।

 

प्रकाशित मिति: १५:०६ बजे, बिहीबार, कात्तिक ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्