Kathmandu Press

प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान

काठमाडौं, कात्तिक ७ : प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्....

प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान
रासस

काठमाडौं, कात्तिक ७ : प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा तथा नेकपाका महासचिव विष्णु पौडेलले बिदाइ गरेका छन्।

यही कात्तिक ८ र ९ गते हुने सम्मेलन हुँदै छ। सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी रहेका छन्।

असंलग्न आन्दोलनको संस्थापक राष्ट्रको हैसियतमा नेपालले स्थापनाकालदेखि नै सबै शिखर सम्मेलनहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल कात्तिक १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: १३:०९ बजे, बिहीबार, कात्तिक ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्