Kathmandu Press

र्‍यापर समिर घिसिङ पक्राउ, युट्युबबाट गीत हटाइयो

काठमाडौं, कात्तिक ७ : अश्लिल गीत गाएको आरोपमा प्रहरीले र्‍यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ लाई पक्राउ गरेको छ।

महानगरीय प्रह....

र्‍यापर समिर घिसिङ पक्राउ, युट्युबबाट गीत हटाइयो

काठमाडौं, कात्तिक ७ : अश्लिल गीत गाएको आरोपमा प्रहरीले र्‍यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ लाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई बिहीबार बिहान ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो। अश्लिल गीत गाएको भन्दै उजुरी परेकाले पक्राउ गरिएको एसएसपी सहकुल थापाले बताए।

उनी ‘यस्तै त हो नि ब्रो’ गीतबाट चर्चित बनेका हुन्। यस गीतलाई उनकाे युट्यूब च्यानलमा एक कराेड ९० लाखले हेरेका छन्। उनका साइफर साइको ईपी, कथा, हालखबर, मान्छे खत्तम, लाउरेको फेसन, ईन्ट्रो लगायतका गीत नयाँ पुस्तामाझ चर्चित छन्।

प्रहरीले यसअघि गायक दुर्गेश थापालाई पनि पक्राउ गरेको थियो। उनको ‘ह्याप्पी तिहार चिसो बियर’ गीत विरुद्ध उजुरी परेपछि पक्राउ गरिएको थियो।

प्रकाशित मिति: १२:०५ बजे, बिहीबार, कात्तिक ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्