Kathmandu Press

गायक राजु लामाले गरे सगरमाथा आरोहण

काठमाडाैं, जेठ २ : चर्चित गायक राजु लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।मंगाेलियन हार्टमा आबद्ध गायक लामासहितको आरोहण दलले सोमबार...
गायक राजु लामाले गरे सगरमाथा आरोहण

काठमाडाैं, जेठ २ : चर्चित गायक राजु लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

मंगाेलियन हार्टमा आबद्ध गायक लामासहितको आरोहण दलले सोमबार बिहान ४ बजेदेखि ६ः४० को बीचमा सगरमाथा आरोहण गरेका हुन्। 

Hardik ivf

इमेजिन नेपाल एभरेस्ट एक्सिपिडिसत २०२२ अन्तर्गत सगरमाथा आरोहणमा गएको टोलीमा राजु लामासहित २७ जना थिए । उनीहरुमध्ये ८ जना विदेशी र अन्य नेपाली हुन्।

जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन गायक लामासहितकाे टाेलीले गरेकाे साे आरोहणको नेतृत्व मिङ्मा जी शेर्पाले गरेका थिए।

प्रकाशित मिति: १२:२४ बजे, सोमबार, जेठ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्