Kathmandu Press

स्टर्लिङको ह्याट्रिक मद्दतमा म्यानचेष्टर सिटीको शानदार जित

काठमाडौ‌ं, कात्तिक ६ : रहिम स्टर्लिङको ह्याट्रिक मद्दतमा इंग्लिश क्लब म्यानचेष्टर सिटीले शानदार जित हात पारेको छ।

गएराति भएको खेलमा स्ट....

स्टर्लिङको ह्याट्रिक मद्दतमा म्यानचेष्टर सिटीको शानदार जित

काठमाडौ‌ं, कात्तिक ६ : रहिम स्टर्लिङको ह्याट्रिक मद्दतमा इंग्लिश क्लब म्यानचेष्टर सिटीले शानदार जित हात पारेको छ।

गएराति भएको खेलमा स्टर्लिङको ह्याट्रिक मद्दतमा सिटीले इटालियन क्लब एटलान्टालाई ५–१ गोल अन्तरले पराजित गरेको हो। 

खेलमा सुरुवाती अग्रता भने एटलान्टाले लिएको थियो। २८ औँ मिनेटमा पाएको पेनाल्टीमा रुस्लान मिलिनोवस्कीले गोल गर्दै एटलान्टालाई सुरुवाती अग्रता दिलाएका थिए। तर, त्यो अग्रता धेरै समय टिक्न सकेन। 

खेलको ३४ औँ मिनेटमा सिटीका लागि सर्जियो अग्युरोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। ३८ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै अग्युरो टोलीको अग्रता दोब्बर पारेका थिए।

पहिलो हाफमा २–१ को अग्रता लिएको सिटीले दोस्रो हाफमा थप तीन गोल गरेको थियो। दोस्रो हाफमा तीनै गोल स्टर्लिङले गरेका थिए।

खेलको ५८ औँ,  ६४ औँ र ६९ औँ मिनेट गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। खेलको ८२ औँ मिनेटमा फोडिन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सिटी अन्तिम ८ मिनेट १० खेलाडीमा सीमित भएको थियो।

समूह ‘सी’ मा रहेको सिटीले तीन खेलबाट ९ अक जोडेको छ भने  एटलान्टा अंकबिहीन छ।
 

प्रकाशित मिति: ०८:४० बजे, बुधबार, कात्तिक ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्