Kathmandu Press

पीएसजीको जितमा एम्बाप्पेको ह्याट्रिक

काठमाडौ‌ं, कात्तिक ६ : केलियन एम्बाप्पेको ह्याट्रिक मदतमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिग फुटबलमा शानदार जित ....

पीएसजीको जितमा एम्बाप्पेको ह्याट्रिक

काठमाडौ‌ं, कात्तिक ६ : केलियन एम्बाप्पेको ह्याट्रिक मदतमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिग फुटबलमा शानदार जित हात पारेको छ।

गएराति भएको खेलमा पीएसजीले बेल्जियमको क्लब ब्रुगिसलाई ५–० गोल अन्तरले पराजित गरेको हो। खेलको सातौँ मिनेटमा माउरो इकार्डीले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको पीएसजीले दोस्रो हाफमा थप चार गोल गरेको थियो। 

वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका एम्बाप्पेले खेलको ६१ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए। खेलको ६३ औँ मिनेटमा इकार्डीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे।

खेलको ७९ औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेका थिए। उनले डी मारियाको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए। 

खेलको ८३ औँ मिनेटमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गर्दा पीएसजी ५–० को जित निकाल्न सफल भयो।

समूह ‘ए’ मा रहेको पीएसजीले तीन खेलबाट ९ अंकका साथ तालिकाको पहिलो स्थानमा छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडको ४ अंक छ। क्लब ब्रुगिस २ अंकका साथ तेस्रो स्थानमा छ।

प्रकाशित मिति: ०८:२६ बजे, बुधबार, कात्तिक ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्