Kathmandu Press

च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सको पुनरागमन जित

काठमाडौं, कात्तिक ६ :  च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्ट्सले रसियन क्लब लोकोमोटिव मस्कोलाई पराजित गरेको छ।

घरेलु मैदानमा गए....

च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सको पुनरागमन जित

काठमाडौं, कात्तिक ६ :  च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्ट्सले रसियन क्लब लोकोमोटिव मस्कोलाई पराजित गरेको छ।

घरेलु मैदानमा गएराति भएको खेलमा युभेन्ट्सले लोकोमोटिव मस्कोलाई २–१ गोल अन्तरले पराजित गरेको हो। युभेन्ट्सको जितमा पाउलो डाबला नायक बने। 
 
खेलमा सुरुवाती अग्रता भने पाहुना टोली मस्कोले लिएको थियो। खेलको ३० औं मिनेटमा अलेक्सी मिरान्चुकले गोल गर्दै मस्कोलाई सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो हाफमा १–० को अग्रता लिएको मस्कोले दोस्रो हाफमा भने राम्रो प्रदर्शन गर्न सकेन। दोस्रो हाफमा युभेन्ट्सले दुई गोल गर्न सफल भयो। 

खेलको  ७७ औँ मिनेटमा डाबलाले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए। त्यसको दुई मिनेटपछि खेलको ७९ औँ मिनेटमा डाबलाले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरेपछि युभेन्ट्स पुनरागमन जित निकाल्न सफल भयो।

समूह ‘डी’ मा रहेको युभेन्ट्सले ३ खेलबाट ७ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ।  एट्लेटिको मड्रिडको समान खेलबाट समान अंक भएपनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ। 

रसियन क्लब लोकोमोटिव मस्को ३ अंकका साथ तालिकाको तेस्रो स्थानमा यथावत छ।

प्रकाशित मिति: ०८:१५ बजे, बुधबार, कात्तिक ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्