Kathmandu Press

च्याम्पियन्स लिगमा रियल मड्रिडको संघर्षपूर्ण जित

काठमाडौं, कात्तिक ६ : स्पेनिस महारथी क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ। 

गएराति भएको खेलमा रि....

च्याम्पियन्स लिगमा रियल मड्रिडको संघर्षपूर्ण जित

काठमाडौं, कात्तिक ६ : स्पेनिस महारथी क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ। 

गएराति भएको खेलमा रियल मड्रिडले टर्किस क्लब गलातासारेमाथि १–० को कठिन जित निकालेको हो। यो सिजनको च्याम्पियन्स लिगमा रियल मड्रिडको यो पहिलो जित हो।

खेलको १८ औँ मिनेटमा जर्मन खेलाडी टोनी क्रुसले गरेको गोल नै निर्णायक बन्यो।

रियल मड्रिडले केही राम्रा अवसर पाएपनि त्यसको सदुपयोग गर्न सकेन। इडेन हाजार्डको प्रहार क्रसबारमा लागेर फर्किँदा रियल अग्रता दोब्बर पार्नबाट चुकेको थियो। 

समूह ‘ए’ मा रहेको रियल मड्रिडले तीन खेलबाट ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। समान खेलबाट एक अक जोडेको गलातातासारे पुछारमा छ ।

प्रकाशित मिति: ०८:०२ बजे, बुधबार, कात्तिक ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्