Kathmandu Press

नयाँ वर्षको पात्रोमा सार्वजनिक विदा नहुने

काठमाडौं, माघ २३ : नयाँ वर्ष २०७६ को पात्रोमा सार्वजनिक विदा नहुने भएको छ । गहृमन्त्रालय विदाको सूचि नदिएको जनाउँदै सार्वजनिक विदाबिनाको पात्रो प्रकाश....

नयाँ वर्षको पात्रोमा सार्वजनिक विदा नहुने

काठमाडौं, माघ २३ : नयाँ वर्ष २०७६ को पात्रोमा सार्वजनिक विदा नहुने भएको छ । गहृमन्त्रालय विदाको सूचि नदिएको जनाउँदै सार्वजनिक विदाबिनाको पात्रो प्रकाशन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिले नयाँ वर्षको पात्रो प्रकाशनका लागि तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धिलाई स्वीकृति दिएको छ । यि १३ वटै पात्रोमा सार्वजनिक विदा उल्लेख नहुने जनाएको छ ।

Hardik ivf

गृह मन्त्रालयले ०७६ मा दिइने बिदाको सूची उपलब्ध नगराएकाले आगामी वर्ष पनि पात्रोमा सार्वजनिक बिदा समावेश हुन नसकेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।
यसअघि ०७४ र ०७५ मा पनि सार्वजनिक बिदा नराखी पात्रो प्रकाशन गरिएको थियो । ‘सार्वजनिक बिदा गृह मन्त्रालयले प्रकाशन गरे बमोजिम हुनेछ’ भन्ने सूचना पात्रोमा राखिएको जनाएको छ ।

समितिमा सरकारले नियुक्त गरेका विद्वान्हरूको समूहले ०७६ मा पर्ने चाडपर्वको निर्णय गरी पात्रोमा समावेश गरेको छ । समितिको स्वीकृति नलिई प्रकाशन भएका पञ्चाङ्गमा चाडपर्व फरक पर्ने गरेकाले यससम्बन्धी कारवाहीका लागि गृह र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा लेखी पठाइएको छ ।

मन्त्रिपरिषद्ले सार्वजनिक बिदा पुनरावलोकन गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले आगामी वर्ष कुन कुन दिन बिदा दिने भनी निर्णय गरेको छैन् ।

प्रकाशित मिति: १४:२१ बजे, बुधबार, माघ २३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्