Kathmandu Press

‘एक असाधारण अन्तर्वार्ता’ मा अद्भूत कथा

‘एक असाधारण अन्तर्वार्ता’ मा अद्भूत कथा

काठमाडाैं, वैशाख २८ : चिनियाँ लेखक लाओ माद्वारा लिखित ‘एक असाधारण अन्तर्वार्ता’ कथासङ्ग्रह प्रकाशनमा आएको छ।

युयुत्सु आरडी शर्माद्वारा अनुदित सो सङ्ग्रहमा चीनको बेजिङस्थित रेनमिन विश्वविद्यालयका प्राध्यापक तथा विश्वप्रसिद्ध कथाकार ‘मा चुन्ची’ का शीर्षकथालगायत ६ कथा समाविष्ट छन्।

Hardik ivf

निराला पब्लिकेसन्स नयाँदिल्लीद्वारा प्रकाशित सो सङ्ग्रहका कथाहरू अतीतावलोकन (पुरानो स्मृतिलाई अगाडि ल्याउने) गरी प्रस्तुत गरिएको छ।

धेरै पुरस्कारहरू प्राप्त प्रा मा पूर्वस्मृति शैलीमा नाम कहलिनुभएका आख्यानकार मानिन्छन्।  हालसम्म उनका कृति २० भन्दा बढी भाषामा ४० देशमा ६०औँ संस्करणसम्म पनि प्रकाशन भएका छन्। 

आधुनिक चीनका निम्नवर्गीय पात्रहरूजस्तै लठ्यौरा, मूर्ख, बौलाहा आदिको चित्रण गरिएका ती कथामा अद्भुत व्यङ्ग्य पाइन्छ।  एक कथाको चरित्र अर्को कथाका चरित्रसँग मिल्दाजुल्दा पनि भेटिन्छन्। 

अनुवादक शर्माले नेपाली समाजसँग पनि मिल्दाजुल्दा ती कथाहरूमा चीनको सांस्कृतिक परिवर्तनदेखि आधुनिक विकाससम्मको पृथक परिचय पाइने बताए। 

प्रकाशित मिति: १२:५६ बजे, बुधबार, वैशाख २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्