Kathmandu Press

युरोप हुँदै नेपाल भित्रियो पपेट

काठमाडौं, कात्तिक ५ : युरोपमा निकै प्रचलित पपेट थिएटर विशेषगरी बालबालिकाका लागि देखाइने प्रदर्शन हो। एसियाका केही मुलुकमा मौलिक थिएटरकै....

युरोप हुँदै नेपाल भित्रियो पपेट

काठमाडौं, कात्तिक ५ : युरोपमा निकै प्रचलित पपेट थिएटर विशेषगरी बालबालिकाका लागि देखाइने प्रदर्शन हो। एसियाका केही मुलुकमा मौलिक थिएटरकै रुपमा पपेट थिएटर देखाइन्छ। 

नेपालमा यसको खासै प्रयोग भइरहेको छैन। तर, पपेट थिएटरलाई नेपालका रङ्गकर्मीहरु माझ चिनारी बनाउने प्रयास जापानी इरिना सजीको जानी समूहले थालेको छ। 

जापानका पपेट थिएटरका अनुभवी पपेटियर तथा निर्देशक इरिना सजीले यो कार्यशालाको नेतृत्व गरिरहेकी छिन्। उनी उटरभिजन पर्फमेन्स कम्पनी जापानकी कला निर्देशक समेत हुन्।  ‘एसियामा पनि पपेट थिएटरको लामो इतिहास छ। यहाँ पनि आफ्नै खाले पपेट प्रस्तुतिहरु हुने गरेका छन्,’ उनले भनिन्, ‘कुनै साँस्कृतिक रुपमा त, कुनै थिएटरका रुपमा यहाँ प्रचलित छन्।’

Hardik ivf

थिएटरकै अर्को विधा पपेट थिएटरमा नेपालका १५ रंगकर्मी लगायत १० जना स्कूलका विद्यार्थीहरु कार्यशालामा व्यस्त छन्। कीर्तिपुरको थिएटर मलमा जापानी रंगकर्मीका साथ नेपालका रंगकर्मीको यो कार्यशाला दशैंलगत्तै सुरु भएको हो।
 
कार्यशालामा पपेट थिएटरको इतिहास, विभिन्न देशमा प्रचलित पपेट थिएटर तथा पपेट थिएटरको समुदायसँगको सम्बन्धबारे छलफल गर्दै पपेट निर्माण, पपेटको सु–व्यवस्थित सञ्चालन, त्यसबाट कथावाचन र पपेट थिएटर प्रस्तुति निर्माणमा सहभागीहरु अभ्यासरत छन्।

रंगकर्मीहरुका अनुसार नेपालमा बनाइने ‘कठपुतली’ यही थिएटरमा देखाइने पुतलीको स्वरुप हो।  जसलाई थिएटरमा ल्याएर पर्फम गराउने प्रचलन छैन।  कार्यशालामा चर्चित कथा ‘शिशिर र बसन्त’ को पात्रमा रंकर्मीहरु अभ्यास गरिरहेका छन्। 

नेपालका पपेट थिएटरमा आफ्नो कला प्रस्तुत गरिरहेका रंगकर्मी केदार श्रेष्ठले नेपालमा भइरहने ‘रियालिष्टिक थिएटर’ भन्दा यो फरक विधाको रहेको बताए। ‘क्यारेक्टर अनुसार पुतली बनाइन्छ, ’ उनले भने, ‘रंगकर्मीले आफूले भन्न खोजेको भावलाई पुतलीको हाउभाउमार्फत प्रस्तुत गरिन्छ।’ 

जापानी समूहका एरी तोमोई, इजावा रेई र मियामोतोले कार्यशाला सञ्चालनमा सहयोग गरिरहेका छन्। जापानको उटरभिजन पर्फमेन्स कम्पनीसँगको सहकार्यमा थिएटर मलले थिएटर सेन्टर फर चिल्डे«न नेपाल, राराहिल मेमोरियल रुकूल तथा आसितेज नेपालको सहकार्य कार्यशाला सञ्चालन गरिरहेको छ।  ८० घण्टाको कार्यशाला ११ दिन अर्थात कात्तिक ७ गतेसम्म चल्नेछ। 

प्रकाशित मिति: १७:३३ बजे, मंगलबार, कात्तिक ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्