Kathmandu Press

लण्डनबाट फिल्ममा मास्टर्स गरेका रोहितको नेपालमा डेब्यू 

काठमाडौं, वैशाख २७ : लण्डनमा फिल्ममा मास्टर्स गरेका रोहित करण बैध  नेपाली चलचित्र निर्देशन गर्ने भएका छन् ।लण्डनको ‘नेशनल फिल्म एण्ड टेलिभिजन स्कुल’बाट...
लण्डनबाट फिल्ममा मास्टर्स गरेका रोहितको नेपालमा डेब्यू 

काठमाडौं, वैशाख २७ : लण्डनबाट फिल्म शिक्षामा मास्टर्स गरेका रोहित करण बैधले  नेपाली चलचित्र निर्देशन गर्ने भएका छन् ।

लण्डनको ‘नेशनल फिल्म एण्ड टेलिभिजन स्कुल’बाट फिल्म निर्देशन र टेलिभिजन मनोरञ्जन कार्यक्रम निर्माणमा मास्टर गरेका बैधले फिल्म ‘मायाको माया’बाट नेपाली फिल्म निर्देशनमा डेब्यु गर्न लागेका हुन् । 

Hardik ivf

उनले सन् २०१७ मा आफ्नो पहिलो प्रोजेक्ट ‘लाइफ अन रोड नेपाल’ निर्माण निर्देशन गरेका थिए । उक्त डकुड्रामा ग्रीसको ‘लेरापत्र अवार्ड्स सेरेमोनी’, सिंगापुरको ‘इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ र ‘इन्डीफिल्म फेस्ट’ क्यालिफोर्नियामा प्रदर्शन भएको थियो । क्यालिफोर्नियामा रोहितले उक्त फिल्मबाट अवार्ड समेत जितेका थिए ।

फिल्म लेखन र निर्देशनको भोक बोकेर नेपाली रजतपटमा पाइला राख्दै गरेका रोहितको फिल्म शिक्षा र अन्तर्राष्ट्रिय फिल्म उधोगबाट प्राप्त अनुभव भोलीको दिनमा नेपाली फिल्मको कोशेढुंगा बन्ने अपेक्षा राख्न सकिन्छ ।

त्यसो त नेपालमा पछिल्लो समय धेरै मन पराइने जनरा फेमिली ड्रामा, लभस्टोरी र कमेडी नै हो भने समिक्षक र दर्शक दुबैबाट आलोचना खेप्ने फिल्म पनि यहि जनराका हुन् ।

पहिलो प्रोजेक्टमा नै प्रेम मिसाएर फेमिली ड्रामा उठाउँदै गरेका उनले नेपाली दर्शकलाई पहिलो स्वाद कस्तो दिनेछन् त्यसको लागि फिल्म निर्माण सम्पन्न भएर हलसम्म आउने समय पर्खिनैपर्छ । 

प्रकाशित मिति: १८:१७ बजे, मंगलबार, वैशाख २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्