जापानी साम्राज्यको जिम्मेवारी १३ वर्षे किशोरको काँधमा
टाेकियाे, कात्तिक ५ : जापानका कान्छा राजकुमार हिसाहितोले अगष्टमा पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमण गरे। काका नारूहितो सम्राट बनिसकेका छन्। तर उनको भ्रमण....

टाेकियाे, कात्तिक ५ : जापानका कान्छा राजकुमार हिसाहितोले अगष्टमा पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमण गरे। काका नारूहितो सम्राट बनिसकेका छन्। तर उनको भ्रमणलाई विश्व मञ्चमा भावी राजाको प्रवेश मान्न थालिएको छ।
परम्परागत किमोनी लगाएर उनले आयोजकलाई सम्मान दिए। धनुबाण पनि चलाए। भावी राजसंस्थाको जिम्मेवारी बोकेका यी किशोरका लागिय यो दुर्लभ कार्यक्रम थियो।
नारूहितो ५९ वर्षको उमेरमा मे १ मा सम्राट बने। बुवा आकिहितोले स्वेच्छाले गद्दी त्यागे। स्वदेशी तथा विदेशी प्रतिनिधिको उपस्थितीमा अक्टोबर २२ मा उनले राजगद्दी आरोहण गर्नेछन्। जापानको राजगद्दीमा पुरूष मात्रै बस्ने प्रावधान छ। उत्तराधिकार सम्बन्धी कानूनमा भएको परिवर्तन प्रधानमन्त्री सिन्जो आबेका लागि फलदायी हुने छैन।
हिसाहितो १३ वर्षका भए। उनको पुस्ताको उनी एक मात्र शाही उत्तराधिकारी पुरूष हुन्। सम्राट नारूहिताका कान्छा भाइ युवराज आकिशिनोपछि उनी दोश्रो वरियतामा छन्।
“उत्तराधिकारको वर्तमान नियम अनुसार राजकुमार हिसाहितोकै काँधमा शाही परिवारको जिम्मेवारी हुनेछ,” यो वर्ष असही समाचारपत्रको सम्पादकीयमा छापिएको छ। “राजकुमारले बोक्नुपर्ने भार कल्पनासम्म पनि गर्न सकिदैन।”
सन् २००६ मा हिसाहितो जन्मिएका हुन्। उनको जन्मलाई लिएर रूढीवादीहरू पुरूष मात्रैको उत्तराधिकारलाई लिएर उत्सुक थिए। सन् १९६५ देखि शाही वंशमा पुरूषको जन्म भएको थिएन। विवाह भएको आठ वर्षपछि सम्राटकी पत्नि मासाकोले राजकुमारी आइकोलाई जन्म दिइन्। यसले उत्तराधिकारको कानून परिमार्जन गर्ने वातावरण बनायो। महिलालाई पनि उत्तराधिकारी बनाउने र राजगद्दीमा बसाउने वातावरण बन्दै थियो।
तर हिसाहिटोको जन्मले सबै मत्थर भयो। “स्वर्गले वरदान दिएको रूढीवादीहरूले अनुभव गरे,” कियो विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक हिदेहिको कासाहाराले भने।
शाही उत्तराधिकारी
अहिले केहि विशेषज्ञ र सञ्चारमाध्यमलाई हिसाहितोको तयारीबारे शंका छ। “मानिसहरूसँग अन्तरक्रिया गर्दा उनी राजगद्दीका उत्तराधिकारी हुन् भन्ने उनले बुझ्नु महत्त्वपूर्ढ छ। यसलाई सानै उमेरदेखि ध्यानमा राख्नुपर्छ,” कासाहाराले भने।
दोश्रो विश्वयुद्धपछि बनेको जापानको संविधानले सम्राटलाई राजनीतिक अख्तियार दिदैन। सम्राट मात्रै “राज्य र जनताको एकता प्रतिक” हुन्छन्।
हिसाहितो ओचानोमिजु विश्वविद्यालय आबद्ध एउटा जुनियर हाइस्कूलमा अध्ययनरत छन्। दोश्रो विश्वयुद्धपछि गाकुशुइन जुनियर हाइ स्कूलभन्दा बाहिर अध्ययन गर्ने उनी एक मात्र शाही परिवारका सदस्य हुन्।
बाजेभन्दा फरक, राजगद्दीका लागि उनलाई तयार गर्ने कोही छैनन्। सम्राट आकिहितोलाई शान्ति, लोकतन्त्र र मेलमिलापको प्रतिकको रूपमा लिइन्छ। युद्धको समयमा उनले यहि भूमिका निर्वाह गरेका थिए। आकिहितोलाई शिन्जो कोइजुमीले तयार गरेका थिए। आजुमी कियो विश्वविद्यालयका पूर्व अध्यक्ष थिए। पछि उनी छोरा नारूहितोका लागि पनि आदर्श व्यक्ति बनेको विद्वानहरू बताउँछन्।
“२१औं शताब्दीका राजाका लागि के उपयुक्त हुन्छ भन्ने निर्धारण गर्नसक्ने व्यक्ति हुनु आवश्यक छ,” कान्तो गाकुइन विश्वविद्यालयमा युरोपेली राजसंस्थाका विशेषज्ञ नाओताका किमीजुकाले बताए। “तर यसबारे युवराज आकिशिनो वा शाही संस्थाले के विचार गरिरहेको छ, प्रष्ट छैन।
हिसाहितोले उत्तराधिकारको जिम्मेवारी वहन गर्छन् वा गर्दैनन् प्रष्ट छैन।
सन् २०१७ मा आकिहितोलाई स्वेच्छाले राजगद्दी त्याग्नेबारे संसदले विशेष कानून अनुमोद गर्दा, स्थिर उत्तराधिकार कसरी कायम गर्नेसम्बन्धमा एउटा गैर बाध्यकारी व्यवस्था पनि अवलम्बन गरेको छ।
एउटा विकल्प महिलालाई पनि उत्तराधिकार दिने हो। त्यसमा आइको र हिसाहितोका दुई पनि पर्छन्। उनीहरूले विवाहपछि पनि शाही हैसियत राख्न पाउँछन् र आफ्ना सन्तानलाई राजगद्दीको उत्तराधिकार दिन पाउँछन्। सर्वेक्षणहरूले धेरै जनताले यसलाई समर्थन गरेको देखाएको छ।
रूढीवादीहरू भने विश्वयुद्धपछि कनिष्ठ शाही परिवारका सदस्यलाई हटाउन चाहन्छन्। आबे भने यस्तो विवादमा पर्न चाहदैनन्। “उनीहरू सकेसम्म यो बहसलाई पर सार्न चाहन्छन्,” कासाहराले भने। (एमएसएन डट कमबाट)












