Kathmandu Press

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर

काठमाडाैं, वैशाख २६ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु. १०० ले बढेर रु ९८ हजार ७०० तोकिएको...
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर

काठमाडाैं, वैशाख २६ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु. १०० ले बढेर रु ९८ हजार ७०० तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९८ हजार ६०० मा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९८ हजार २०० छ। यसको मूल्य आइतबार प्रतितोला रु. ९८ हजार १०० थियो।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २८५ कायम रहेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस रू. एक हजार ८७२ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित मिति: १२:३८ बजे, सोमबार, वैशाख २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्