ताेलामा ३८ सय घट्याे सुनकाे मूल्य
यस दिन सुनको मूल्य तोलामा दुई लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडाैं, असाेज १३ : स्थानीय बजारमा सुनको मूल्य ओरालो लागेको छ।
मंगलबार सुनको मूल्य तोलामा तीन हजार ८०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस दिन सुनको मूल्य तोलामा दुई लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ११५ रुपैयाँ घटेको छ। चाँदी प्रतितोला चार हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति: १२:३३ बजे, मंगलबार, असोज १३, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1790662983.png)