Kathmandu Press

सन्दीपले ‘द हन्ड्रेड’ लिग खेल्ने, एक करोड ४६ लाख पारिश्रमिक

काठमाडौं, कात्तिक ४ : सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। याे प्रतियाेगिता एक सय बलकाे हुनेछ।

गए....

सन्दीपले ‘द हन्ड्रेड’ लिग खेल्ने, एक करोड ४६ लाख पारिश्रमिक

काठमाडौं, कात्तिक ४ : सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। याे प्रतियाेगिता एक सय बलकाे हुनेछ।

गएराति भएको ‘द हन्ड्रेड’ लिगको ड्राफ्टमा ओभल ईन्भिन्सिब्लेजले सन्दीपलाई अनुबन्धत गरेको छ। उनले एक मिलियन पाउन्ड अर्थात एक करोड ४६ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन्।

यो प्रतियोगिता इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्न लागेको हो। यसमा आठ टीम प्रतिस्पर्धा गर्नेछन्।

सन्दीपको टीममा साम करान, सुनिल नारिने, ज्यासन रोय, साम विलिङ्स, रिली रोसउव, टोम करान, रिस टोप्लिय र हर्डस भिल्जेन रहेका छन्।

त्यस्तै, फवियन एलन, एलक्स ब्लाक, विल ज्याक्स, क्रिस वोड, नाथन सोवटर र लउरी इभान्सले पनि सन्दीपको टीमबाट खेल्नेछन्।

प्रकाशित मिति: १०:५१ बजे, सोमबार, कात्तिक ४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्