दीपेन्द्र के खनालको ‘के घर के डेरा’को स्वयम्भूमा शुभमुहूर्त
काठमाडाैं, वैशाख २३ : चलचित्र ‘के घर के डेरा’को आज (शुक्रबार) शुभमुहूर्त गरिएको छ। कलाकार, प्राविधिकको उपस्थितिमा स्वयम्भूस्थित हारती माता मन्दिरमा सो चलचित्रको...
काठमाडाैं, वैशाख २३ : चलचित्र ‘के घर के डेरा’को आज (शुक्रबार) शुभमुहूर्त गरिएको छ। कलाकार, प्राविधिकको उपस्थितिमा स्वयम्भूस्थित हारती माता मन्दिरमा सो चलचित्रको मुहूर्त गरिएको हो।
ए प्लस इन्टरटेनमेन्टको ब्यानर र दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको सो चलचित्र छायांकन ३० दिनमा सम्पन्न हुने बताइएको छ।
जेठ २ गतेबाट छायांकन थालिने र यही वर्ष चलचित्र रिलिज गरिने निर्देशक खनालले जानकारी दिए। उपत्यकाका सबै दृश्य काठमाडौं उपत्यकाकै हुने उनको भनाइ छ।
चलचित्रमा दयाहाङ राई, विपीन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रवीन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपानेलगायत कलाकारको मुख्य भूमिका रहने निर्माण टिमले जनाएको छ।
चलचित्रका कार्यकारी निर्माता युवराज कार्की र निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन रहेका छन्। चलचित्रमा सिंगे लामाको कथा रहेको छ भने पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्।
चलचित्रमा दीर्घ गुरुङको छायांकन, शंकर थापा स्माइलको संगीत, सुव्रतराज आचार्य र डिपी खनालको गीत रचना, दीर्घ खड्काको सम्पादन रहेको छ।












