महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतको आदेश
काठमाडौं, कात्तिक ३ : यौन दुर्व्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ।
आईतबार काठ....
काठमाडौं, कात्तिक ३ : यौन दुर्व्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ।
आईतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्न आदेश गरेको हो।
प्रहरीले महरामाथि लागेको अरोप उपर अनुसन्धान गर्न १३ दिनको म्याद लिएको थियो । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा महरामाथि अनुसन्धान जारी छ। सोही आरोपका कारण उनको सभामुख पद पनि खोसिएको छ।
यसैबीच महरामाथि यौन दुर्व्यवहारको जाहेरी दिने पीडित महिला शाही आईतबार अदालतमा उपस्थित भएकी छन्। उनले इजलाससमक्ष प्रहरीको करकाप आफुले जाहेरी दिएको बयान दिएकी छन्।






