Kathmandu Press

माेडल ज्योत्सनसँगकाे विवाहलगत्तै स्वप्नले ल्याए 'वाचा भयाे'

काठमाडौं, २३ वैशाख : युवा  पुस्ताले अत्यधिक रुचाएका गायक स्वप्न सुमन र मोडल  ज्योत्सना योगी वैवाहिक जीवनमा बाँधिएका छन्।उनीहरूले बुधबार केही आफन्त र साथीभाइलाई...
माेडल ज्योत्सनसँगकाे विवाहलगत्तै स्वप्नले ल्याए 'वाचा भयाे'

काठमाडौं, २३ वैशाख : युवा  पुस्ताले अत्यधिक रुचाएका गायक स्वप्न सुमन र मोडल  ज्योत्सना योगी वैवाहिक जीवनमा बाँधिएका छन्।

उनीहरूले बुधबार केही आफन्त र साथीभाइलाई साक्षी राखेर करिब चार वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्।

त्यसैको भोलिपल्ट बिहीबार उनले ‘वाचा भयो’ गीत पनि रिलिज गरेका छन्।

उनले गीतमार्फत आफ्नी जीवन सँगिनीलाई जीवनभरि साथ दिने, माया गर्ने, दुखसुख बाँड्ने वाचा गरेका छन्।

उनले यो गीत ज्योत्सना अनि आफूहरूको विशेष दिनका लागि लेखेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

ज्योत्सनाले पनि आफूले स्वप्न सुमनसँग विवाह गरेको भन्दै फेसबुकमा केही तस्बिर सार्वजनिक गरेकी छन्।

प्रकाशित मिति: १४:०० बजे, शुक्रबार, वैशाख २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्