Kathmandu Press

२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो

काठमाडौँ, कात्तिक ३ : शनिबार र आइतबार गरी ६ महिनादेखि ५ वर्षसम्मका देशभर २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइएको छ।

....
२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो

काठमाडौँ, कात्तिक ३ : शनिबार र आइतबार गरी ६ महिनादेखि ५ वर्षसम्मका देशभर २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइएको छ।

देशका ७ सय ५३ वटा स्थानीय तहको संयोजनमा देशभरबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइएकोे बाल स्वास्थ्य तथा खोप सेवा शाखाले जनाएको छ। 
करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँचवर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि छ महीनादेखि दुई वर्ष्भित्रका चारलाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने बाल स्वास्थ्यले जनाएको हो।

भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोग प्रति लड्ने क्षमतामा कमि जस्ता समस्या हुन्छन् । बालबालिकालाई रोगसित लड्न सक्ने प्रतिरोधात्मक क्षमता वृद्धि तथा समग्र स्वास्थ्य सुधार ल्याउनका लागि भिटामिन ‘ए’को आवश्यकता पर्दछ।

सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम शुरुआत भएको थियो।  यसअघि जिल्ला स्वास्थ्य कार्यालयले आफ्ना जिल्लामा कार्यक्रम संचालन गर्थे भने संघीयतापछि स्थानीय तहको संयोजना भिटामिन ए र जुकाको औषधी खुवाउने गर्दछन्।

प्रकाशित मिति: १८:४८ बजे, आइतबार, कात्तिक ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्