Kathmandu Press

चिकित्सा शिक्षा आयोगको नियतमा डा.केसीको आपत्ती 

काठमाडौं, कात्तिक ३ : वरिष्ठ चिकित्कस गोविन्द केसीले चिकित्सा शिक्षा राष्ट्रिय आयोगले पूर्णता नपाउँदै हतारमा नर्सिङ कलेजको सम्वन्धन गर्ने अधिकार सीटीइ....

 चिकित्सा शिक्षा आयोगको नियतमा डा.केसीको आपत्ती 

काठमाडौं, कात्तिक ३ : वरिष्ठ चिकित्कस गोविन्द केसीले चिकित्सा शिक्षा राष्ट्रिय आयोगले पूर्णता नपाउँदै हतारमा नर्सिङ कलेजको सम्वन्धन गर्ने अधिकार सीटीइभीटीलाई दिएको भन्दै आपत्ती जनाएका छन्। 

आइतबार एक विज्ञप्ती जारी गर्दै डा.केसीले आयोगको अधिकार सम्वन्धनको खेलमा सीटीइभीटीलाई दिएर नर्सिङ कलेजहरुलाई सम्वन्धन दिएको भन्दै आपत्ती जनाएका हुन्। ‘चिकित्सा शिक्षा भन्नाले एमबीबीएस र बीडीएस मात्र नभई नर्सिङलगायत सबै स्वास्थ्यसम्बन्धी विषयहरु समेटिने हुँदा सबै कार्यक्रमको समग्र नियमनका लागि आयोगको परिकल्पना गरिएको हो। तर, आयोगले पूर्णता नै नपाउँदै हतार हतार नर्सिङ कलेजहरुको सम्बन्धन सम्बन्धी निर्णय आयोगले गर्न छाडेर सिटीइभीटीलाई सुम्पिनुले सुधार र नियमनकै मर्ममा प्रहार भएको छ’ डा.केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

सबैभन्दा भद्रगोल अवस्थामा रहेको नर्सिङ कार्यक्रमको सम्बन्धनमा सुधार ल्याउनुको सट्टा मन्त्रीको स्वार्थमा झन् भद्रगोल हुने गरी निर्णय गर्नुले आयोगका उपाध्यक्षको नियत र राजनीतिक वफादारी छर्लङग भएको आरोप केसीले लगाएका छन्। 

त्यस्तै आयोगले पूर्णता नपाउँदै एमबीबीएस र बीडीएस कार्यक्रमको शुल्क बढाउने निर्णयप्रति पनि डा. केसीले आपत्ती जनाएका छन्। 

प्रकाशित मिति: १८:४२ बजे, आइतबार, कात्तिक ३, २०७६