तीन दिनभित्र बच्चा लैजान गायत्री साहलाई अदलातको आदेश
काठमाडौं, कात्तिक ३ : पूर्वसांसद गायात्री साहलाई तीन दिन भित्र आफ्नो बच्चा घरमा लैजान उच्च अदालत पाटनले आदेश दिएको छ।
गत फागुन ८ गते म....
काठमाडौं, कात्तिक ३ : पूर्वसांसद गायात्री साहलाई तीन दिन भित्र आफ्नो बच्चा घरमा लैजान उच्च अदालत पाटनले आदेश दिएको छ।
गत फागुन ८ गते मेडीसिटी अस्पतालमा जन्मिएको बच्चालाई अस्पतालको लापर्वाहीले डाउन सिन्ड्रोम भएको भन्दै साहाले बच्चा लिन अस्विकार गरेकी थिईन्।
उनले गर्भावस्थामा हुदा बच्चामा कुनै समस्या नभनेको भन्दै अस्पताललाई लापर्वाही गरेको आरोप लगाएकी थिइन् । सोही आरोपमा बालकको हक प्रचलन गराइपाउँ भनी बालकका बुबा राजेश महतोले अदालतमा मुद्वा दर्ता गराएका थिए।
अस्पतालले डाउन सिन्ड्रोम भएको बच्चा जन्मिने बारेमा पूर्वअनुमान गर्ने प्रविधि र दक्षता विकास नभइसकेको भन्ने अस्पतालको जवाफप्रति असन्तुष्ट जनाउदै साह अदालत गएकी थिईन्।
साहका पती महतोले दायर गरेको मुद्दामा सुनुवाई गर्दै अदालतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको मेडिकल बोर्डलाई बालकको स्वास्थ्य जाँच गरि जानकारी गराउन भनेको थियो । मेडिकल बोर्डले बच्चालाई डाउन सिन्ड्रोम भएको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएपछि बच्चा घर लैजान अदालतको आदेश दिएको हो।






