फिल्म सुटिङमा नेपाल आउने योजना छ : टर्किस अभिनेता एल्टन
काठमाडौं, वैशाख २२ : टर्किस अभिनेता इन्जेन एल्टन दुजायटन सहित उनको टिम तीन दिनको नेपाल भ्रमण पछि बिहिवार साँझ फर्किएका छन् । उनको...
काठमाडौं, वैशाख २२ : टर्किस अभिनेता इन्जेन एल्टन दुजायटन सहित उनको टिम तीन दिनको नेपाल भ्रमण पछि बिहिवार साँझ फर्किएका छन् । उनको बिदाईमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहिबार एक कार्यक्रमको आयोजना समेत गरेको थियो ।
उनले आफूलाई नेपालीको प्रकृती सौन्दर्य, हिमश्रृखलाले मोहित पारेको बताउँदै नेपालीको सँस्कृति र पाएको सद्भावप्रति आफू निकै कृतज्ञ रहेको बताए । साथै, आगामी फिल्म सुटिङका लागि आगामी वर्ष मे मा नेपाल आउने योजना बनेको समेत उनले मन्तव्य राख्ने क्रममा जिकिर गरे ।
मन्त्री आलेले नेपाल सुटिङका लागि रोजाई भएमा यहाँ बस्दा लाग्ने लागत खर्चमा सहुलियत प्रदान गर्ने प्रतिबद्धता जनाए । गत दुई वर्षको कोभिड महामारी पश्चात् मन्त्रालयले भिन्न देशका नामी कलाकार तथा हस्तीलाई नेपाल भ्रमणमा बोलाउने र उनीहरू मार्फत नेपालको पर्यटन प्रबर्द्धन गर्ने रणनीति थालेको हो ।

मन्त्रालय अन्तर्गतको टुरिजम रिभाइभिङ कमिटीको आवहान्मा, एल्टनसहित उनको टिम नेपाल आएको थियो । सोही कमिटीले आगामी जेठ १४ गते सलमान खानसहितको दंगल टुरका लागि बलिउड हस्तीलाई पनि नेपाल बोलाएको छ ।












