‘पुरानो बुलेट’को फस्टलुक सार्वजनिक
काठमाडौं, माघ २३ : चैतमा रिलिज हुने फिल्म ‘पुरानो बुलेट’को फस्टलुक सार्वजनिक गरिएको छ । तीन पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रचार थालिएको ....

काठमाडौं, माघ २३ : चैतमा रिलिज हुने फिल्म ‘पुरानो बुलेट’को फस्टलुक सार्वजनिक गरिएको छ । तीन पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रचार थालिएको हो ।
पत्रकारिताबाट निर्देशनमा लागेका भिषण राईको यो डेब्यू फिल्म हो । सार्वजनिक गरिएको पोस्टरमा अनुपबिक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बु रहेका छन् ।
फरकफरक भूमिकामा देखिदै आएका अनुप ‘पुरानो बुलेट’को पोस्टरमा पनि भिन्नै देखिएका छन् । स्टाइलिस अभिनेताको छाप छोडेका अनुपले सुरुआति ‘खलपात्र’को लोकप्रियतालाई विस्तारै हिरोइज्ममा बदल्न खोजेका छन् ।
यो फिल्म फेब्रअरी २३ मा हङकङमा वल्र्ड प्रिमियर हुँदैछ । त्यसैलाई मध्यनजर गर्दै पोस्टर सार्वजनिक गरेको निर्माण टिमले छिट्टै ट्रेलर सार्वजनिक गर्ने भएको छ ।
फिल्ममा कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राईको पनि अभिनय रहेको छ ।
फिल्मको कथा तथा पटकथा लेखनमा निर्देशक भीषणसँग सन्तोष राईले साझेदारी गरेका छन् । सन्तोष यो फिल्मका कार्यकारी निर्माता पनि हुन् । यसमा पूर्वि नेपालको कथा रहेको छ ।












