‘हरेक गैरआवासीय नेपालीले एक जना विदेशी साथी नेपाल भ्रमणमा पठाउने’
काठमाडौं, कात्तिक ३ः नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच विश्वभरबाट हरेक गैरआवासीय नेपालीले एक जना विदेशी....

काठमाडौं, कात्तिक ३ः नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच विश्वभरबाट हरेक गैरआवासीय नेपालीले एक जना विदेशी साथी नेपाल भ्रमणमा पठाउने समझदारी भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितिमा आइतबार नेपाल पर्यटन बोर्डमा सचिवालयका संयोजक सुरज वैद्य र एनआरएनए अध्यक्ष कुमार पन्तले समझदारी पत्रमा हस्ताक्षर गरे ।
समझदारीमा विश्वभरबाट हरेक गैरआवासीय नेपालीले एक जना विदेशी साथी नेपाल भ्रमणमा पठाउने र त्यसको रेकर्ड दुवै पक्षले राख्ने समझदारी भएको छ । सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने व्यक्ति वा संघसंस्थालाई सम्मान गर्नका लागि सचिवालयले नेपाल सरकारसमक्ष सिफारिस गर्ने समझदारीसमेत भएको छ ।











