Kathmandu Press

राजनीतिज्ञ महिलाको गुनासो : हामीले उठाएका विषय मिडियाले प्राथमिकता दिँदैन्

काठमाडौं, कात्तिक ३ : राजनीतिज्ञ महिलाहरुले आफूले उठाउन विषयलाई मिडियाले प्राथमिकता नदिएको गुनासो गरेका छन्।

आइतबार संचारिका समूहले आयोजना ग....

राजनीतिज्ञ महिलाको गुनासो : हामीले उठाएका विषय मिडियाले प्राथमिकता दिँदैन्

काठमाडौं, कात्तिक ३ : राजनीतिज्ञ महिलाहरुले आफूले उठाउन विषयलाई मिडियाले प्राथमिकता नदिएको गुनासो गरेका छन्।

आइतबार संचारिका समूहले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनीहरुले सञ्चारमाध्यामले महिलाभन्दा पुरुष रानीतिज्ञले उठाएका विषयलाई प्राथमिकता दिने गरेको बताए।

कार्यक्रममा बोल्दै उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले महिला पत्रकार र महिला नेतृको पेशा, भूमिका कार्यक्षेत्र फरक भएपनि समस्या एउटै भएको बताइन्। ‘पार्टीभित्र महिलाका कुरा पुरुषले सुन्दैनन्, सञ्चारमाध्यममा महिलाका कुरा सम्पादकले सुन्दैनन्। कार्यक्षेत्र अलग भएपनि महिला भएकै कारण विभेद हुन्छ,’ उनले भनिन्।

सांसद लक्ष्मी परियारले सेलिबे्रटीको चार दिन अघिको कुरा समाचार बन्ने गरेको तर, चेलीबेटीको समाचारै नबने गरेको बताइन्। पहिलेको भन्दा अहिले केही समाचार आउने गरेको भएपनि आउनुपर्ने जती अझै नआएको उनको भनाइ थियो।

सांसद रामकुमारी झाक्रीले महिलाका बिरुद्धमा भएको समाजले महिलाका मुद्धा उठाउन नसक्ने बताइन्। उनले महिला नेता र पत्रकारले मिसन बनाएर अघि बढ्नुपर्नेमा जोड दिइन्।

नेतृ हिसिला यमीले राम्रो इस्यु उठाएर हिड्ने महिला नेतालाई आफ्नै पार्टीभित्रबाट अल्पमतमा पार्ने गरेको बताइन्। महिला, जनजातीलगायतका विषयलाई लिएर अघि बढ्दा मिडियाले समेत आफ्ना कुरा नसुन्ने गरेको उनको भनाइ थियो।

कार्यक्रममा २५ भन्दा बढी सांसद तथा राजनीतिज्ञ महिलाको सहभागीता रहेको थियो।

 

प्रकाशित मिति: १५:२६ बजे, आइतबार, कात्तिक ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्