Kathmandu Press

सांसद् पार्वत गुरुङ अदालतमा हाजिर

काठमाडौं, कात्तिक ३ : ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ पूर्जि जारी गरिएका सांसद पार्वत गुरुङ अदालतमा हाजिर भएका छन्।

उनी आइतबार बिहान जिल....

सांसद् पार्वत गुरुङ अदालतमा हाजिर

काठमाडौं, कात्तिक ३ : ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ पूर्जि जारी गरिएका सांसद पार्वत गुरुङ अदालतमा हाजिर भएका छन्।

उनी आइतबार बिहान जिल्ला अदालत काठमाडौंमा हाजिर भएका हुन्। कार्यालय खुल्ने समयमै उनी अदालतमा पुगेको श्रेस्तेदार आनन्द श्रेष्ठले बताए। अहिले जिल्ला अदालतमा उनको बयान लिन थालिएको छ।

सांसद गुरुङलाई दोलखाका वीरध्वज खड्काको ज्यान मार्ने कोसिस गरेको अभियोगमा पक्राउ पूर्जि जारी गरिएको थियो। गुरुङविरुद्ध गत वैशाखामा मुद्दा दर्ता गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय, काठमाडौंले उनी फरार रहेको भन्दै जिल्ला अदालतबाट पक्राउ पूर्जि जारी गर्न माग गरेको थियो। जसअनुसार, जिल्ला अदालतले असोज ८ गते पक्राउ पूर्जि जारी गरेको थियो।

प्रहरीले पक्राउ गर्ने भएपछि उनी आफै अदालतमा उपस्थित भएका हुन्।

प्रकाशित मिति: १५:०१ बजे, आइतबार, कात्तिक ३, २०७६