Kathmandu Press

गायक तथा  संगीतकार आशिष अविरलको ‘पल्केँ  तिम्रो मायामा’ सार्वजनिक

गायक तथा  संगीतकार आशिष अविरलको ‘पल्केँ  तिम्रो मायामा’ सार्वजनिक

काठमाडाैं, वैशाख २१ : गायक तथा संगीतकार  आशिष अविरलको ‘पल्केँ तिम्रो मायामा’ बोलको गीतको  म्युजिक भिडियो सार्वजनिक भएको छ।बुधबार आफ्नै युट्युब च्यानलमार्फत अविरलले गीत सार्वजनिक गरेका हुन्।   

एकनारायण  भण्डारीको  शब्द रहेको  यस गीतमा संगीत र संगीत संयोजन अविरलकै रहेको छ।अविरलले यस गीतलाई कम्पोजर भर्सनमा  गाएका  हुन्।  गीतको ओरिजिनल गायक भने कमल किरण हुन्। 

विकास सुवेदीको  निर्देशन रहेको म्युजिक  भिडियोमा कलाकार पल शाह, आँचल शर्मा लगायतको अभिनय तथा नृत्य रहेको छ।

प्रकाशित मिति: १८:१९ बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्