Kathmandu Press

विमलराज क्षेत्री र राधिका हमालको स्वरमा कांग्रेसको चुनावी गीत 

काठमाडाैं, वैशाख २१ : स्थानीय तहको निर्वाचन नजिकँदै जाँदा विभिन्न कलाकारले पार्टीगत सन्देश प्रवाह गर्ने खालका गीतहरू निकाल्ने क्रम बढेको छ। यसै क्रममा नेपाली...
विमलराज क्षेत्री र राधिका हमालको स्वरमा कांग्रेसको चुनावी गीत 

काठमाडाैं, वैशाख २१ : स्थानीय तहको निर्वाचन नजिकँदै जाँदा विभिन्न कलाकारले पार्टीगत सन्देश प्रवाह गर्ने खालका गीतहरू निकाल्ने क्रम बढेको छ। 

यसै क्रममा नेपाली कांग्रेसलाई समर्थन गर्ने एउटा गीत भिडियोसहित सार्वजनिक गरिएको छ।  विमलराज क्षेत्री, बद्री सापकोटा, राधिका हमाल र अन्जु पोखरेलको स्वरमा नेपाली कांग्रेसको चुनावी गित सार्वजनिक गरिएको हाे।

‘जय नेपालको नाराले’ बोलको गीत मंगलबार युट्युबमा सार्वजनिक गरिएको हो। प्रवास मिडिया समन्वय सन्जालको प्रस्तुति रहेको गीतको लय बद्री सापकोटाको रहेको छ।

प्रकाशित मिति: १८:१८ बजे, बुधबार, वैशाख २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्