Kathmandu Press

महरासँग बयान लिइँदै, आज बयान सकिए मुद्दा दर्ता गरिने

काठमाडौं, कात्तिक ३ : बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान लिन थालिएको छ। उनको बयान सकिँए आजै मुद्दा दर्ता गरिने भए....

महरासँग बयान लिइँदै, आज बयान सकिए मुद्दा दर्ता गरिने

काठमाडौं, कात्तिक ३ : बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान लिन थालिएको छ। उनको बयान सकिँए आजै मुद्दा दर्ता गरिने भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयमा महराको बयान लिन थालिएको हो। जिल्ला सरकारी वकिलले महरासँग बयान लिइरहेका छन्।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोपमा असोज १९ गते महरालाई पक्राउ गरिएको थियो। बिरामी परेपछि उनलाई असोज २३ गतेदेखि नर्भिक अस्पतालमा राखिएको छ। अस्पतालबाटै जिल्ला सरकारी वकिलको कार्यालय लगिएको हो।

यस अघि महरालाई असोज २८ गते जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतले थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो। अदालतले दिएकाे म्याद आज सकिँदै छ।

उनको बयान सकिएपछि आजै जिल्ला अदालतमा मुद्दा दर्ता गरिने जनाएको छ। बयान नसकिए हिरासतमा राख्न पुनः म्याद थपिनेछ।

प्रकाशित मिति: १४:३४ बजे, आइतबार, कात्तिक ३, २०७६