आलमलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
रौतहट, कात्तिक ३ : बम विस्फोटका घाइतेको हत्या आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफताब आलमलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ।....
रौतहट, कात्तिक ३ : बम विस्फोटका घाइतेको हत्या आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफताब आलमलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ।
उनलाई आज जिल्ला अदालत, रौतहटमा उपस्थित गराइएको थियो। पहिलो पटक लिएको सात दिनको म्याद सकिएपछि जिल्ला प्रहरी कार्यालयले म्याद थपका लागि अनुमति मागेको थियो।
जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले आलमलाई हिरासतमा राखेर अनुसन्धान गर्न थप पाँच दिन अनुमति दिएको हो। यस अघि सात दिन हिरातमा राख्न अनुमति दिएको थियो।
२०६४ को पहिलो संविधानसभा निर्वाचनताका समयमा बम बनाउने वेला विस्फतो भएको र घाइतेलाई जिउदै जलाएको आलममाथि आरोप लागेको छ। प्रहरीले उनलाई असोज २६ गते पक्राउ गरेको थियो।
उनले वयान दिन पनि सहमति जनाएका छन्। यस अघि अस्वस्थ भएको भन्दै बयान दिन मानेका थिएनन्।






