क्रिकेटर हार्दिक पाण्ड्या र केएल राहुलविरुद्ध मुद्दा दर्ता
काठमाडौं, माघ २३ : भारतीय क्रिकेट टिमका खेलाडी हार्दिक पाण्ड्या र केएल राहुलविरुद्ध मुद्दा दर्ता गरिएको छ । उनीहरुसँगै फिल्म निर्माता करण जोहरका विरुद....

काठमाडौं, माघ २३ : भारतीय क्रिकेट टिमका खेलाडी हार्दिक पाण्ड्या र केएल राहुलविरुद्ध मुद्दा दर्ता गरिएको छ । उनीहरुसँगै फिल्म निर्माता करण जोहरका विरुद्ध पनि मुद्दा दर्ता गरिएको हो ।
तीन साता अघि करण जोहरको टिभी सो ‘कफी विद करण’मा महिलाका विरुद्ध अश्लिल टिप्पणी गरेको आरोपमा उनीहरु विरुद्ध मुद्दा दर्ता गरिएको हो । जोधपुरको लुणी प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको हो । प्रहरी कार्यालय प्रमुख बंशीलाल वैष्णवले मुद्दा दर्ता गरिएको बताए ।
भारतीय मिडियाका अनुसार, कानुनव्यवसायी देवाराम मेघवालले तीनै जनाविरुद्ध मुद्दा दायर गरेका हुन् । उनीहरुले महिलाका विरुद्ध अश्लिल टिप्पणी गरेको आरोप लगाइएको छ । त्यस्तै, भारतका महानव्यक्तिहरुको अपमान गरेको जनाएको छ । जसमा संविधान निर्माता डा.भीमराव अम्बेडकर पनि सामिल छन् ।
प्रहरी कार्यालय प्रमुख वैष्णवले यसमा अनुसन्धान थालिएको जनाएका छन् । आवश्यक परेमा तीनै जनालाई सोधपुछका लागि बोलाउने बताएका छन् ।
करणनको टक सोमा गरेको भद्दा टिप्पणीका कारण बीसीसीआईले हार्दिक र राहुललाई निलम्बन गरेको थियो । उनीहरुमाथि प्रतिबन्ध समेत लगाएको थियो ।











