मदनकृष्णको स्वरमा ‘एउटा सपनी छ’ को लेजेन्डरी भर्सन सार्वजनिक
काठमाडौं, वैशाख २० : वरिष्ठ कलाकार एवम् गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ ।श्रेष्ठको...
काठमाडौं, वैशाख २० : वरिष्ठ कलाकार एवम् गायक मदनकृष्ण श्रेष्ठको स्वरमा रहेको ‘एउटा सपना छ’ बोलको गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको छ ।
श्रेष्ठको ७२ औँ जन्मजयन्तीको अवसर पारेर गीतको लेजेन्डरी भर्सन सार्वजनिक गरिएको हो । गीतमा कलाकार श्रेष्ठ र अभिनेत्री आँचल शर्माको अभिनय रहेको छ ।
गीतकार तथा संगीतकार पुष्पन प्रधानले तयार पारेको गीतमा आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छन् ।
सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियो हरि हुमागाँईले छायाङ्कन र सम्पादन गरेका हुन् । गीतकार तथा सङ्गीतकार प्रधानले आफ्नो चर्चित गीत ‘एउटा सपना छ’ को लेजेन्डरी भर्सन सार्वजनिक गरेका हुन् ।
प्रकाशित मिति: १८:४२ बजे, मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












