Kathmandu Press

प्रधानमन्त्री ओली कात्तिक ८ गते अजरबैजान जाँदै

काठमाडौं, कात्तिक ३ : असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली कात्तिक ८ गते अजरबैजान जाने भएका छन्।

अजरबैजानको र....

प्रधानमन्त्री ओली कात्तिक ८ गते अजरबैजान जाँदै

काठमाडौं, कात्तिक ३ : असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली कात्तिक ८ गते अजरबैजान जाने भएका छन्।

अजरबैजानको राजधानी बाकुमा कात्तिक ८ र ९ गते असंलग्न राष्ट्रहरूको १८औं शिखर सम्मेलन हुँदै छ। यसमा असंलग्न राष्ट्रका प्रमुख र सरकार प्रमुख सहभागी हुनेछन्।

परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको अजरबैजान भ्रमणबारे जानकारी दिएको हो। अजरबैजान भ्रमण दलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी रहेको जनाएको छ।

प्रधानमन्त्री ओलीले असंलग्न राष्ट्रहरूको सम्मेलनलाई कात्तिक ९ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यस क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता गर्ने जनाएको छ।

प्रधानमन्त्री ओली कात्तिक १० गते स्वदेश फर्कनेछन्।

प्रकाशित मिति: ११:३८ बजे, आइतबार, कात्तिक ३, २०७६