Kathmandu Press

महरालाई म्याद थपका लागि अदालत लगिँदै

काठमाडौं, कात्तिक ३ : बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि आज अदालत लगिँदै छ।

अनुसन्धान पूरा ....

महरालाई म्याद थपका लागि अदालत लगिँदै
फाइल फोटो

काठमाडौं, कात्तिक ३ : बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि आज अदालत लगिँदै छ।

अनुसन्धान पूरा नभएपछि पुनः म्याद थपका लागि आज जिल्ला अदालत लग्न लागिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

उनलाई संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार गरेको आरोपमा असोज १९ गते पक्राउ गरिएको थियो। प्रहरी हिरासतमा रहेका उनलाई सन्चो नभएपछि असोज २३ गतेदेखि नर्भिक अस्पतालमा राखिएको छ।

महरालाई असोज २८ गते जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको थियो। हिजै म्याद सकिएको भएपनि विदा परेकाले आज अदालतमा पेश गर्न लागिएको हो।

 

प्रकाशित मिति: ११:२२ बजे, आइतबार, कात्तिक ३, २०७६