पश्चिमी वायुले वर्षाको संभावना, यस्तो छ तीन दिनको मौसम
काठमाडौं, कात्तिक ३ : पश्चिम वायुले गर्दा देशभरको मौसम बद्लि भएको छ। आज केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आइतबार....
काठमाडौं, कात्तिक ३ : पश्चिम वायुले गर्दा देशभरको मौसम बद्लि भएको छ। आज केही स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आइतबार विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा पश्चिमी वायुले देशभरको मौसममा आंशिक प्रभाव परेको जनाएको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
आज दिउसो देशभर सामान्यदेखि पूर्ण बदली हुने र केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, राति भने देशभर सामान्य बदली भइ मध्य र पूर्वका थोरै र पश्चिमका एक–दुई स्थानमा हल्लाका वर्षा हुने जनाएको छ।
यसैगरी, सोमबार दिउसो मध्य तथा पूर्वी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी भागमा आंशिक बदली रहनेछ भने मध्य र पूर्वी पहाडका केही स्थानमा क्षणिक वर्षा हुनेछ।
यस्तै, राति भने देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। पहाडी भागका एक–दुई स्थानमा वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
मंगलबार पनि देशभका पहाडी भागमा आंशिकदेखि सामान्य बदली हुने जनाएको छ। मध्य र पूर्वि पहाडका केही स्थानमा क्षणिक वर्षा हुने बुलेटिनमा उल्लेख छ।
मंगलबार राति पनि पहाडी भूभागका केही स्थानमा वर्षा हुने जनाएको छ।






