Kathmandu Press

उपन्यासकार सपनाले आश्रमका असहायलाई खाना खुवाएर मनाइन् जन्मदिन 

काठमाडौं, वैशाख १९ : उपन्यासकार सपना आचार्यले आफ्नो पहिलो उपन्यास ‘मलिलो माटो’ बिक्रि भएको रकमबाट  बुटवलस्थित मानव  सेवा आश्रममा आश्रय लिएका ७० महिला तथा...
उपन्यासकार सपनाले आश्रमका असहायलाई खाना खुवाएर मनाइन् जन्मदिन 

काठमाडौं, वैशाख १९ : उपन्यासकार सपना आचार्यले आफ्नो पहिलो उपन्यास ‘मलिलो माटो’ बिक्रि भएको रकमबाट  बुटवलस्थित मानव  सेवा आश्रममा आश्रय लिएका ७० महिला तथा बालबालिकालाइ भोजन गराएर आज आफ्नो जन्म दिन मनाएकी छन्।

सो अवसरमा मानव सेवा आश्रम बुटवलकी  प्रबन्धक  सरु अधिकारीले उनलाई खादा र प्रमाणपत्र दिएर सम्मान गरेकी थिइन्। 

Hardik ivf

कार्यक्रममा सरु अधिकारीले भनिन्, ‘आश्रमका १०  बालबालिका, ६० वृद्धालाई बिहानको खाना सहित मिठाइ वितरण गरी सपनाजीले जन्म दिन मनाउनु भयो। यो सहयोगका लागि उहाँ र उहाँको कृतिको सफलताको कामना गर्छौँ।’ 

मलिलो माटो एकमहिना अघि बजारमा आएको थियो। जसलाई महानायक राजेश हमालबाट बिमोचन गरिएको थियो। 

 

प्रकाशित मिति: १८:४४ बजे, सोमबार, वैशाख १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्