Kathmandu Press

नेत्र-विशेषज्ञ डा.सुमन पलेँटी श्रृंखलाको तयारीमा

काठमाडौं, कात्तिक ३ : नेत्र–विशेषज्ञ डा.सुमन थापा यतिवेला पलेँटी श्रृंखलाको तयारीमा जुटेका छन्। उनी पलेँटीका वाद्यवादकसँगै गायन अभ्यासमा जुटेका ....

नेत्र-विशेषज्ञ डा.सुमन पलेँटी श्रृंखलाको तयारीमा
पलेँटी

काठमाडौं, कात्तिक ३ : नेत्र–विशेषज्ञ डा.सुमन थापा यतिवेला पलेँटी श्रृंखलाको तयारीमा जुटेका छन्। उनी पलेँटीका वाद्यवादकसँगै गायन अभ्यासमा जुटेका छन्।

सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’ले यो महिना डा.थापालाई प्रस्तुत गर्न लागेको हो। पेशाले नेत्र–विशेषज्ञ भएपनि डा.थापा गिटार बजाउँछन्।  आफैँ गीत लेख्छन् र धुन पनि भर्छन्।

उनी नब्बेको दशकमा ‘बाइपास’ समूहमा संलग्न थिए। अहिले भने ‘ब्ल्यू फ्रेट’ सांगीतिक समूहमा क्रियाशील छन्।

प्रायः अंग्रेजी भाषामा गीत लेख्ने र गाउने डा.थापा यसपाली भने नेपाली भाषाका गीत लिएर प्रस्तुत हुनेछन्। पलेँटीले उनलाई नयाँ सांगीतिक प्रयोग गर्ने सोचका साथ निम्त्याएको जनाएको छ।

यस पटकको पलेँटीका निम्ति धेरैजसो गीत कवि श्रवण मुकारुङले लेखेका छन्। प्रायः गीतमा डा.थापाको पेशा सुहाउँदो, आँखा र तिनले निहार्ने दृश्यसँग सम्बन्धित विषय समेटिएको पलेँटीले जनाएको छ। ति सबै नयाँ गीतमा संगीतकार आभासले धुन भरेका छन्।

तिलगंगा आँखा अस्पतालसँग आवद्ध डा.थापा काठमाडौंका बासिन्दा हुन्। ‘एक–एक पाइला’ अभियानमार्फत स्वास्थ्य शिविरमा सहभागि भइ देशका विभिन्न जिल्ला भ्रमण गरेका उनले मोतियाबिन्दू र जलबिन्दूका ५० हजारभन्दा बढी शल्यक्रिया गरिसकेका छन्।

शिविर–यात्राका क्रममा डा.थापाले अनेकौं अनुभव र अनुभूति संगालेका छन्। पलेँटीमा गीत सुनाउने क्रममा उनले आफ्ना तिनै अनुभव र अनुभूतिलाई पनि बाँड्नेछन्।

‘पलेँटीमा गाउने कुराले म एकदमै उत्साहित छु। श्रवणजीले लेख्नु भएका गीत र आभासजीले भर्नु भएका धुनले मलाई रमाइलो नसा लगाएका छन्’ डा.थापा भन्छन्, ‘यो क्षण मेरो सांगीतिक मोडमा अचानक भेटिएको सुन्दर बगैँचा हो।‘

पलेँटीको यो श्रृंखला कात्तिक ८ र ९ गते हुनेछ।

प्रकाशित मिति: १०:०६ बजे, आइतबार, कात्तिक ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्