Kathmandu Press

राष्ट्रपति भण्डारी म्यानमारबाटै जापान प्रस्थान

काठमाडौं, कात्तिक ३ : राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारबाट जापान प्रस्थान गरेकी छन्।

राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्....

राष्ट्रपति भण्डारी म्यानमारबाटै जापान प्रस्थान
एजेन्सी

काठमाडौं, कात्तिक ३ : राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारबाट जापान प्रस्थान गरेकी छन्।

राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यानमारको राजकीय भ्रमण पूरा गरी आज बिहान जापान प्रस्थान गरेकी हुन्। थाइ एयरवेजबाट थाइल्यान्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल आजै राति जापान पुग्नेछ।

राष्ट्रपति भण्डारीलाई याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा म्यानमारका धार्मिक मामिला तथा संस्कृतिमन्त्री छुरा यु आङ को, याङ्गुनका मुख्यमन्त्री यु फियो मिन थिन र म्यानमारका लागि नेपाली राजदूत गणेशप्रसाद ढकाललगायतले बिदाइ गरेका छन्।

राष्ट्रपति भण्डारी जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी हुनेछिन्। उनी कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ।

पाँचदिने म्यानमार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले म्यानमारका राष्ट्रपति मिन्तसँग राजधानी नेपितमा भेटवार्ता गरेकी थिइन्। त्यस्तै, राष्ट्रपति भण्डारीसँग म्यानमारका स्टेट काउन्सिलर आङ सान सु ची र  कमान्डर इन चिफले पनि भेटवार्ता गरेका थिए।  

राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर चीको उपस्थितिमा म्यानमार र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

राष्ट्रपति भण्डारी नेपाली मूलका बर्मेलीहरुसँग भेटघाट गर्नुका साथै म्यानमार नेपाल मैत्री सङ्घ र म्यानमार नेपाल  चेम्बर अफ कमर्शको आयोजनामा विचार गोष्ठीमा पनि सहभागी भएकी थिइन्।

प्रकाशित मिति: ०९:४२ बजे, आइतबार, कात्तिक ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्