Kathmandu Press

सलिना महर्जनले पहिरिन् मिस नेवाः ११४२ काे ताज

काठमाडाैं, वैशाख  १९ : मिस नेवाः ११४२ को ताज सलिना महर्जनले जितेकी छन्। नेप्लिज फेसन होमले आइतबार राति नेपाल प्रज्ञा प्रतिष्ठान् आयोजना गरेको १६...
सलिना महर्जनले पहिरिन् मिस नेवाः ११४२ काे ताज

काठमाडाैं, वैशाख  १९ : मिस नेवाः ११४२ को ताज सलिना महर्जनले जितेकी छन्। नेप्लिज फेसन होमले आइतबार राति नेपाल प्रज्ञा प्रतिष्ठान् आयोजना गरेको १६औं  मिस नेवाः संस्करण कि उनी विजेता भएकी हुन्। 

प्रतियोगितामा सहभागी रहेका १८ प्रतिस्पर्धीलाई उछिन्दै उनले मिस नेवाः को ताज पहिरिएकी हुन्। ताजसँगै उनले जनही एक लाख रुपैयाँ र नेपाल क्योकुसिन सेइसिन काइकान कराँतेकी सद्भावना दुतसमेत भएकी छन्। 

यस्तै, मिस नेवा फस्ट रनर अप सविना बज्राचार्य र सेकेन्ड रनर अप सेलिन प्रजापति भएका छन्। 

पूर्व उद्योगमन्त्री रविभक्त श्रेष्ठ प्रमुख अतिथ्यता ग्रहण गरेका थिए भने कार्यक्रमको सभापति  नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले गरेकी थिइन्।

कार्यक्रमको कोरियोग्राफी रोजिन शाक्यले गर्दै आएका छन्। पूर्व मिस नेवाः ११४१ कृषा महर्जन र  फस्ट रनरअप प्रिया तण्डुकारले कार्यक्रम संयोजन  गरेका थिए।

प्रकाशित मिति: १६:१८ बजे, सोमबार, वैशाख १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्